काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ८० रहेको छ भने अधिकतम ९०, गोलभेँडा सानो (लोकल) न्यूनतम ४५, अधिकतम ५५, आलु रातो न्यूनतम ५२, अधिकतम ५४, कायम गरिएको छ।
ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके त्यस्तै आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (न्यूनतम) ४६, अधिकतम ५० रुपैयाँ कायम भएको छ।
त्यसैगरी काउली स्थानीय न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ६० अधिकतम ७० र भन्टा डल्लो न्यूनतम ८०, अधिकतम ९० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
यस्तै बन्दा (लोकल) प्रति किलो न्यूनतम ४५ रहेको छ भने अधिकतम ५५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
स्याउ फूजी प्रतिकिलो न्यूनतम ३५० रुपैयाँ रहेको छ भने अधिकतम ३८० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी अनार प्रतिकिलो न्यूनतम मूल्य ३०० रुपैयाँ र अधिकतम मूल्य ३५० रुपैयाँ रहेको छ।