सिन्धुपाल्चाेकमा बाढीले क्षति पुर्याएको सरस्वति मावि। फाइल तस्बिर
काठमाडौँ- बाढीले सिन्धुपाल्चोकमा एक विद्यालय भवन नै बगाएको छ। जिल्लाको हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको हो। लगातारको वर्षापछि शुक्रबार आएको बाढीले विद्यालयको भवन बगाएको स्थानीय रामहरि लामिछानेले बताए। बाढीका कारण लामिछाने परिवारसहित ६ वटा घर जोखिममा परेको छ। उनले शुक्रबार राति भने, ‘विद्यालय भवनमा निरन्तर बाढीले क्षति पुर्याउँदैछ।’
शुक्रबार बिहानै नदीले विद्यालयको शौचालय पनि बगाएको थियो। जोखिम बढेपछि विद्यालय बन्द गरी डेस्क, बेन्चलगायत सामान जनप्रतिनिधि, प्रहरी र स्थानीयले सुरक्षित ठाउँमा सारेको लामिछाने बताए।
प्रकाशित: ८ भदौ २०८० २१:०६ | Friday, August 25, 2023
प्रतिक्रिया




