१३ राजनीतिक दलले धरानबारे भने : सामाजिक सद्‌भाव भड्किने गतिविधि नगरौँ

हिमाल प्रेस ८ भदौ २०८० १८:२४ | Friday, August 25, 2023
१३ राजनीतिक दलले धरानबारे भने : सामाजिक सद्‌भाव भड्किने गतिविधि नगरौँ

काठमाडौँ– सुनसरीको धरान केन्द्रित भएर बढेका साम्प्रदायिक गतिविधिप्रति राजनीतिक दलका नेताहरूले चासो व्यक्त गरेका छन्। प्रमुख दलसहित धरानमा सक्रिय राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्‌भाव विथोलिने कुनै पनि गतिविध नगर्न सबैमा आग्रह गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १३ राजनीतिक दलहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै साम्प्रदायिक उद्देश्यबाट प्रेरित भएर शनिबारका लागि निर्धारण भएका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्‍याउने गतिविधि नगर्न पनि आग्रह गरिएको छ। धरानमा गोरु काटेर मासु खाएको घटनालाई लिएर विवाद बढ्दो छ।

विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहको भन्दै दलहरूले सामाजिक सहिष्णुता र सद्‌भाव विथोलिन सक्नेप्रति सवैलाई सजग हुन आग्रह गरेका छन्। नेपाली समाजको बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्न साझा विज्ञप्तिमा आग्रह गरिएको छ।

सम्भावित दुर्घटना टार्न सभा, र्‍याली नगर्न सुनसरी प्रशासनको निर्देशन

 

प्रकाशित: ८ भदौ २०८० १८:२४ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast