ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेवी वार्मर प्रदान

हिमाल प्रेस ८ भदौ २०८० १५:११ | Friday, August 25, 2023
ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेवी वार्मर प्रदान

काठमाडौँ- ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई बेवी वार्मर प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेवी वार्मर प्रदान गरेको हो। बेवी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुन्छ।

बैंकले डा. महाविर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी परियोजना’अन्तर्गत पछिल्ला तीन वर्षमा ३५ अस्पताललाई बेवी वार्मर प्रदान गरिसकेको छ।

प्रकाशित: ८ भदौ २०८० १५:११ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast