यस्तो छ आजको तरकारी र फलफूलको बजार मूल्य

हिमाल प्रेस ८ भदौ २०८० १०:२० | Friday, August 25, 2023
यस्तो छ आजको तरकारी र फलफूलको बजार मूल्य

काठमाडौँ- केही दिनयता काठमाडौँका बजारमा तरकारीको भाउ बढेको छ। भारतीय तरकारी रोक्न लाग्नु र प्रतिकूल मौसमका कारण तरकारी महँगिएको व्यापारीहरू बताउँछन्। अहिले प्याजको भाउ बढेको छ। हिजो सम्म कालीमाटी सरकारी वजारमा अभाव प्याज आज भने वजारमा देखिएको छ। यस्तै गोलभेँडाको मूल्य केही घटेको छ।

कालीमाटीमा नेपाली गोलभेँडा प्रतिकिलो मूल्य ८०, भारतीय ठूलो गोलभेँडा १००, टनेल गोलभेँडा सानो ५५, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भई कारोबार भइरहेको छ । एक सातामा ठूलो गोलभेँडा झण्डै ६० रूपैयाँ सस्तो भएको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकिलो ३५०, बन्दा लोकल ४५, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १६०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

कुरिलो प्रतिकेजी ४५०, केरा दर्जन १३०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित: ८ भदौ २०८० १०:२० | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast