पिस कोरको नयाँ स्वयंसेवक समूहको शपथ ग्रहण सम्पन्न

हिमाल प्रेस ७ भदौ २०८० २१:१० | Thursday, August 24, 2023
पिस कोरको नयाँ स्वयंसेवक समूहको शपथ ग्रहण सम्पन्न

काठमाडौँ- पिस कोरको नयाँ स्वयंसेवक समूहले शपथ ग्रहण गरेको छ। नेपालमा सेवा प्रारम्भ गर्नुअघि २१ सदस्यीय स्वयंसेवक समूहले बिहीबार शपथ ग्रहण गरेको हो। उक्त समूहले नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर–नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका हुन्।

उक्त शपथसँगै नेपालमा काम गरिसकेका पिस कोर स्वयंसेवक संख्या ४ हजार नाघेको छ। पिस कोर स्वयंसेवक समूहले नेपालमा सन् १९६२ देखि काम गर्दै आएको छ। कोभिड–१९ महामारीका कारण भएको विश्वव्यापी निष्क्रमणपछि नेपाल आएको यो पहिलो समूह रहेको नेपालका लागि अमेरिकी राजदूतावासले जानकारी दिएको छ।

नेपाल र अमेरिकी सरकारबीच ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कोर कार्यक्रम स्थापना गर्ने सहमति भएको थियो। सोको वार्षिकोत्सव पनि बिहीबार नै मनाइएको छ।

प्रकाशित: ७ भदौ २०८० २१:१० | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast