संसद् अवरोध हटाउन दलहरूबीच सहमति

हिमाल प्रेस ६ भदौ २०८० १३:५५ | Wednesday, August 23, 2023
संसद् अवरोध हटाउन दलहरूबीच सहमति

काठमाडौँ- राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउने सहमति गरेका छन्। आज बुधबार सिंहदरबारमा बसेको दलका शीर्ष नेतासहितको बैठकले सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएसँगै संसद् खुल्ने भएको हो।

संसद् चल्न दिने र सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति पत्रमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताले हस्ताक्षर पनि गरेका छन्।

पछिल्लो समय नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन उच्चस्तरीय समिति बनाएर गर्न माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ।

प्रकाशित: ६ भदौ २०८० १३:५५ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast