सरकारको भ्रष्टाचार विरोधी अभियानमा नागरिक अगुवाहरूको समर्थन

हिमाल प्रेस ६ भदौ २०८० ९:३६ | Wednesday, August 23, 2023
सरकारको भ्रष्टाचार विरोधी अभियानमा नागरिक अगुवाहरूको समर्थन

काठमाडौँ- नागरिक अगुवाहरूले नेपालमा सुरु भएको भ्रष्टाचार विरोधी कारबाहीको समर्थन गरेका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै १७ जना नागरिक अगुवाहरूले नेपालको इतिहासमै सम्भवत सबैभन्दा ठूलो भ्रष्टाचार विरोधी कारवाहीले भ्रष्टाचारमुक्त नेपालको परिकल्पनालाई साकार पार्न सहयोग पुर्‍याउने विश्वास लिएका छन्।

उनीहरूले यसलाई अन्तिम टुंगोसम्म पुर्‍याई सबै दोषीहरूले सजाय पाएको हेर्न चाहेको बताएका छन्।

तर, विभिन्न राजनीतिक दबाबका कारण भ्रष्टाचार विरोधी अभियानले सफलतापूर्वक पूर्णता नपाउँलाकी भन्ने सन्देश रहेको उनीहरूको भनाइ छ।

गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरूद्धको कारवाही फितलो हुने आशंका जनमानसमा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ भदौ २०८० ९:३६ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast