कांग्रेसले कतै आबद्ध भएका व्यक्तिलाई पनि सदस्य बन्न प्रेरित गर्ने

हिमाल प्रेस ५ भदौ २०८० १७:१९ | Tuesday, August 22, 2023
कांग्रेसले कतै आबद्ध भएका व्यक्तिलाई पनि सदस्य बन्न प्रेरित गर्ने

काठमाडौँ – सत्तारुढ दल कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आज मंगलबार पत्रकार सम्मेलन गरी समुदायमा फैलिएका बाढी पहिरो, डेंगी, आँखा पाक्ने रोगलगायतका कारणले अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम स्थगित भएको बताएका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस कार्यक्रम गर्ने कार्यतालिका थियो।

त्यस्तै उनले कांग्रेस नीति लिने र कुनै पनि घटनामा दोषी नछुटुन्, निर्दोष नफसुन भन्ने सिद्धान्तमा अडिग रहेको पनि बताए। उनले नवीकरणसँगै नयाँ सदस्य थप गर्ने कार्यलाई प्राथमिकता दिएको जानकारी गराए। विश्वकर्माले पार्टीको सदस्यता अनलाइन प्रणालीमार्फत लिन सकिने पनि बताए।

‘नेपाली कांग्रेसको सदस्यता पार्टीको वेबसाइटमार्फत अनलाइन प्रक्रियाबाट लिन सकिने कुरा सबै तहमा जानकारी गराइ पार्टीको भ्रातृ संघ र शुभेच्छुक संस्थाको विभिन्न तहमा रहेका सदस्य र हालसम्म कुनै पनि पार्टीमा आबद्ध नभएका व्यक्तिलाई सदस्यलाई कांग्रेसको सदस्य बन्न प्रेरित गर्ने’ उनले भने।

 

प्रकाशित: ५ भदौ २०८० १७:१९ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast