सरोज खनाल र राजु गिरीको निर्देशनमा ‘लाइटर’ बन्दै

हिमाल प्रेस ५ भदौ २०८० १३:३६ | Tuesday, August 22, 2023
सरोज खनाल र राजु गिरीको निर्देशनमा ‘लाइटर’ बन्दै

काठमाडौँ– फिल्म ‘लाइटर’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्।

फिल्म सरोज खनाल र राजु गिरीले निर्देशन गर्नेछन्। देबेन्द्र खनाल निर्माता रहेको फिल्ममा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय विराज खत्री, तुलसा खनाल र रेमन्त वलीको सह निर्माता रहनेछ।

निर्माता सरोज नै प्रस्तुतकर्ता रहने फिल्म खनाल एसके प्रोडक्सनको ब्यानरमा बन्नेछ। फिल्मको अहिले प्रि-प्रोडक्सन र कलाकार छनोटको काम भइरहेको जनाइएको छ। आगामी मंसिर दोस्रो सातादेखि छायांकन गरिने बताइएको छ।

राजु गिरीको निर्देशनमा अर्को फिल्म ‘मेयर साब’ पनि बन्दै छ।

त्यस्तै राजु निर्देशित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ। राजुले यसअघि ‘चन्द्रवती’, ‘विन्दास-२’, ‘विन्दास-३’, ‘विन्दास लाइफ-४’, ‘मखमली’, ‘टाइगर’, ‘द रियल हिरो’लगायत फिल्म निर्देशन गरेका छन्।

प्रकाशित: ५ भदौ २०८० १३:३६ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast