विशेष कारण भन्दै २ घन्टापछि सर्‍यो राष्ट्रियसभा बैठक

हिमाल प्रेस ५ भदौ २०८० ११:३९ | Tuesday, August 22, 2023
विशेष कारण भन्दै २ घन्टापछि सर्‍यो राष्ट्रियसभा बैठक राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभा बैठक २ घन्टा समय परिवर्तन भएको छ। मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने संघीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ।

संघीय सांसदका महासचिव डा भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए।

प्रतिनिधिसभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ। त्यसअघि दलहरूबीच सदन चलाउने सहमति भएको छ। सोमबार राति भएको छलफलमा एमालेको माग बमोजिम तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो।

सोही अनुसार एमाले, कांग्रेस र माओवादीका एकरएक जना नेता रहनेगरी कार्यदल गठन भएको छ। उक्त कार्यदलले आयोगको टिओआर तयार पार्ने र त्यसलाई शीर्ष नेताले अनुमोदन गर्ने तयारी छ।

प्रकाशित: ५ भदौ २०८० ११:३९ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast