काठमाडौँ- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोलामा यात्रुवाहक बस दुर्घटनामा २९ यात्रु घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ गुडिरहेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस मंगलबार बिहान ब्रेक फेल भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
घाइते २९ मध्ये ९ जनाको अवस्था सामान्य छ। अन्यको दुम्कीबास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।
घाइतेमध्ये कैलाली जिल्लाका २५ जना छन्। बसमा ३५ यात्रु चढेका थिए।
प्रकाशित: ५ भदौ २०८० ११:००
प्रतिक्रिया