समसामयिक राजनीतिमा राष्ट्रपतिको चासो, बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस ५ भदौ २०८० ७:१० | Tuesday, August 22, 2023
समसामयिक राजनीतिमा राष्ट्रपतिको चासो, बोलाए सर्वदलीय बैठक

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मंगलबार छलफल गर्दै छन्।

आज बिहान ८ः३० राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ। राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् चलाउनेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए।

उनको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसद्मा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन्।

प्रकाशित: ५ भदौ २०८० ७:१० | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast