बालेनले गरे श्रम बैंकमा आबद्ध हुन आग्रह, यस्ता छन् योग्यता [विवरणसहित]

हिमाल प्रेस ४ भदौ २०८० १८:४३ | Monday, August 21, 2023
बालेनले गरे श्रम बैंकमा आबद्ध हुन आग्रह, यस्ता छन् योग्यता [विवरणसहित] बालेन शाह र सुनिता डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको छ। सोमबार एक सूचना जारी गर्दै महानगरका स्थानीय, भाडामा बस्नेको हकमा घर बहाल कर तिरेकोलगायत मापददण्डसहित श्रम बैंकमा आबद्ध हुन सक्ने जानकारी गराएको हो।

महानगरका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत महानगरभित्र रहेका बेरोजगार र रोजगारदातालाई एउटै प्लेटफर्ममा ल्याई रोजगारी बढाउने उद्देश्यले श्रम बैंक परियोजना स्थपना गरिएको बताएका छन्।

उक्त परियोजनमार्फत बेरोजगार युवाहरूको विवरण संकलन गर्ने, उनीहरूलाई शून्य रोजगार गौरवको आयोजनामार्फत आवश्यक प्रशिक्षण दिने, रोजगारदाताको आवश्यकताअनुसार श्रममा पठाउनेलगायत काम गर्ने बालेनले उल्लेख गरेका छन्।

आबद्ध हुन यस्ता छन् योग्यता :

१. काठमाडौँ महानगरको स्थायी बासिन्दा वा महानगरको करदाता वा महानगरभित्र बसोबास गर्ने नेपाली नागरिक।

२. १८ वर्ष पुरा भई ६० वर्ष ननाघेको

आवश्यक कागजातहरू

१. नेपाली नागरिकताको प्रतिलिपि

२. बसाइँ सराइको कागजात

३. भाडामा बस्ने भए घर बहाल सम्झौताको प्रतिलिपि

४. कर दाता भए कर तिरेको प्रमाणपत्र

 

प्रकाशित: ४ भदौ २०८० १८:४३ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast