संसदीय सुनुवाइ समितिबाट विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीशमा अनुमोदित

हिमाल प्रेस ४ भदौ २०८० १४:५० | Monday, August 21, 2023
संसदीय सुनुवाइ समितिबाट विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीशमा अनुमोदित संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ। तस्बिर : हिमाल प्रेस

काठमाडौँ– विश्वम्भरप्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशको लागि संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। आज सोमबार बसेको समितिको बैठकमा उजुरीकर्ताहरूको कुरा सुनिसकेपछि श्रेष्ठसँग छलफल गरेको थियो।

श्रेष्ठविरुद्ध संसदीय समितिमा तीनवटा मात्रै उजुरी दर्ता भएका थिए। ती उजुरीबारे उजुरीकर्तासँग समितिले सोधपुछ गरेको थियो। श्रेष्ठले सांसदहरूसँगको छलफलमा आफ्नो कार्ययोजना पेस गर्दै पारिवारिक अदालत स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तो छ श्रेष्ठको सरकारी सेवाको यात्रा

प्रधानन्यायाधीशमा अनुमोदित श्रेष्ठ ४१ वर्षअघि अस्थायी नियुक्तिमा न्याय सेवामा प्रवेश गरेका थिए।

कैलालीको धनगढीका श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त भएका थिए। त्यसको दुई वर्षपछि सुदूरपश्चि क्षेत्रीय अदालतमा तृतीय श्रेणीको शाखा अधिकृत भएर गए। त्यसपछि तत्कालीन केन्द्रीय क्षेत्रीय अदालतमा काम गरे।

२०४४ फागुन १४ गते द्वितीय श्रेणीमा बढुवा भए। बढुवा भएसँगै सूदुरपश्चिम क्षेत्रीय अदालतमा सहायक सचिवका रुपमा कार्यरत रहे। सहायक सचिवमा तीन महिना काम गरेपछि उनलाई न्यायाधीश नियुक्त गरिएको थियो।

२०४५ जेठ ३ गते श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए। उनले द्वितीय श्रेणीको न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलाबाट सेवा सुरु गरे। त्यसको दुई वर्षपछि डडेलधुराको न्यायाधीश भए।

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

प्रकाशित: ४ भदौ २०८० १४:५० | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast