प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

हिमाल प्रेस १८ साउन २०८० १९:१४
188
SHARES
प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

काठमाडौँ- प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ। बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्‌को बैठकले वरिष्ठताको आधारमा प्रधान्यायाधीशको लागि श्रेष्ठको नाम सिफारिस गरेको बैठकबाट बाहिरिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की दुई दिनपछि अवकाशमा जाँदैछन्।

प्रधानन्यायधीश अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि यसपटक त्यसो हुन सकेन। डोटीको सिलगडीमा २०१६ साल असोज २० गते जन्मिएका श्रेष्ठ कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतको रूपमा २०३८ सालबाट जिम्मेवारी सम्हालेका थिए।

न्यायाधीश श्रेष्ठले २०४५ जेठ ३ गतेबाट दार्चुला जिल्ला अदालतमा न्यायाधीश, राजपत्रांकित द्वितीय श्रेणीको जिम्मेवारी लिएका थिए। त्यस्तै श्रेष्ठले २०४८ सालमा न्यायिक सेवा तालिम केन्द्रमा सहायक प्रशिक्षण प्रमुख भएर काम गरेका थिए। त्यस्तै २०४९ सालमा उपरजिस्टार बनेर सर्वोच्च प्रवेश गरेका उनले २०५० सालमा न्यायाधीश बनेर उदयपुर जिल्ला अदालतमा काम गरेका थिए। उनले मकवानपुर, झापा, बाँके, काठमाडौँमा पनि जिल्ला न्यायाधीशको रुपमा काम गरेका थिए।

प्रकाशित: १८ साउन २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =