नागप्रति श्रद्धा [तस्बिरहरू]

दिपेश श्रेष्ठ ४ भदौ २०८० १०:५८ | Monday, August 21, 2023
नागप्रति श्रद्धा [तस्बिरहरू]

काठमाडौँ- नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ। यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो। सर्पको राजा मानिने नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

श्रावणशुक्ल पञ्चमीका दिन घरको ढोकामा नागको चित्र टाँस्ने र नागपूजा गर्ने परम्पराले प्रकृतिसँगको हाम्रो सुमधुर सम्बन्ध रहेको कुरालाई संकेत गर्छ।

हिन्दू धर्मालम्बीहरू नजिकैको तालतलाउमा नुहाउने र नागलाई पूजा गर्ने गर्दछन्। यसै क्रममा ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित नागदहमा नागपञ्चमी मेला लागेको छ। काठमाडौँको नागपोखरी र भक्तपुरको नागपोखरीमा श्रद्धालुहरूले नागको प्रतिमामा पूजा गरेर नाग पर्व मनाएका छन्। तस्बिरमा हेरौँ भक्तपुरको नागपोखरी-

     

प्रकाशित: ४ भदौ २०८० १०:५८ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast