धनगढी- नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छन्।
धनगढीमा आज (आइतबार) आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा उनले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर सो लगानीअनुसार परिणाम भने प्राप्त गर्न नसकिएको बताएकी हुन्।
उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिंगो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्नेमा जोड दिए। रासस
प्रकाशित: ३ भदौ २०८० २१:०४ | Sunday, August 20, 2023
प्रतिक्रिया



