सुनिल शर्माले बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस

हिमाल प्रेस ३ भदौ २०८० १५:१० | Sunday, August 20, 2023
सुनिल शर्माले बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधिसभाको बैठकमा प्रयोग गरेका शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ।

आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएको बैठकपछि बोल्दै कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले संसदको रेकर्डबाट हटाउनु पर्ने पक्षमा कांग्रेस नरहेको बताएकी हुन्।

उनले एमालेले पनि सांसद शर्माले राखेका अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको जानकारी दिइन्। उनले सांसद शर्माले प्रधानमन्त्री प्रचण्डले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताइन्।

बैठकमा माओवादी केन्द्रले सांसद शर्माको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने बताएको थियो। सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताइन्। बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरू मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने बताएको उनले बताइन्।

प्रकाशित: ३ भदौ २०८० १५:१० | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast