काठमाडौँ- काठमाडौँका सडकमा, ठेला व्यापार गर्दै आएका व्यवसायीले प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँ महानगरपालिकाबाट जवाफदेहिता, विधिको शासन खोज्दै भृकुटीमण्डपस्थित सभागृह अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरूले मजदुर, उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था गर्न माग गरेका छन्। प्रदर्शनकारीले ‘प्ला कार्ड’मार्फत काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहलाई भेटन् नमिल्ने हो र? भन्दै प्रश्न गरेका छन्।
आफूहरू विकास विरोधी नभएको उनीहरूको भनाइ छ। ‘हामी विकास विरोधी होइनौँ, के तपाईले हामीलाई भेट्न मिल्दैन?, गरी खान देउ’लगायत लेखिएका ‘प्ला कार्ड’ बोकेका छन्।












प्रकाशित: ३ भदौ २०८० १४:०१ | Sunday, August 20, 2023
प्रतिक्रिया





