संसद् अवरोध खुलाउन राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

हिमाल प्रेस ३ भदौ २०८० ९:४९ | Sunday, August 20, 2023
संसद् अवरोध खुलाउन राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौँ- संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजे सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ। आइबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा स‌संद्‍को बैठक बोलाइएको छ।

प्रकाशित: ३ भदौ २०८० ९:४९ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast