उपसचिवमा बढुवाका लागि ४ जनाको नाम सिफारिस

हिमाल प्रेस २ भदौ २०८० ८:४२ | Saturday, August 19, 2023
उपसचिवमा बढुवाका लागि ४ जनाको नाम सिफारिस

काठमाडौँ- लोकसेवा आयोगले राप द्वित्तीय श्रेणी, उपसचिव वा सो सरह पदका लागि चारजना उम्मेदवार सिफारिस गरेको छ।

ठूली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके आयोगले नेपाल परराष्ट्र सेवाका लागि लिइएको खुल्लाबाट १ जना र आन्तरिक प्रतिस्पर्धामा ३ जना गरी चारजना उम्मेद्वार लाई नियुक्तिका लागि सिफारिस गरेको हो।

आन्तरिक प्रतिस्पर्धाका लागि लिखित परीक्षामा छनोट भएका ५ जनामध्ये इन बाष्केट एक्जाम र लिखित परीक्षाको समेत प्राप्तांकको आधारमा जीमसन रुम्दाली राई, विपिन दुवाडी र कृष्णप्रसाद चापागाईलाई सिफारिस गरिएको छ।

यसैगरी खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा सहभागी ६ जनामध्येबाट जुनु हमाल ढकाललाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको लोकसेवा आयोगले जनाएको छ।

 

प्रकाशित: २ भदौ २०८० ८:४२ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast