युवा संघको समस्या समाधानका लागि कार्यदल

हिमाल प्रेस २ भदौ २०८० ७:२८ | Saturday, August 19, 2023
युवा संघको समस्या समाधानका लागि कार्यदल फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले राष्ट्रिय युवा संघ, नेपालको कञ्चनपुरको जिल्ला अधिवेशनमा भएको अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमालेको सचिवालय बैठकले ती अवाञ्छित क्रियाकलाप र अन्तर्विरोधको सन्दर्भमा सत्यतथ्य बुझेर समस्या समाधान गर्नका लागि ‘समस्या समाधान कार्यदल गठन’ गरेको पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ।

कार्यदलको संयोजक उपाध्यक्ष युवराज ज्ञवाली रहेका छन् भने सदस्यमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वाला साह रहेका छन्।

कार्यदलले आफ्नो काम तत्काल सुरु गर्नेछ। अधिवेशनमा उत्पन्न विवाद र कुटपिटका घटनाका सन्दर्भ छानबिन गरी आवश्यक निर्णय लिने छ ।

प्रकाशित: २ भदौ २०८० ७:२८ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast