काठमाडौँ- जातीय छुवाछुतको सार्वजनिक अभ्यास गर्ने विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ लाई प्रधानमन्त्री प्रचण्डले भेट गर्ने भएका छन्।
शास्त्रीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको हा । बिहान ९ बजे प्रधानमन्त्रीलाई भेटेपश्चात उनी शास्वतधामतिर लाग्ने बताइएको छ।
शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहेका भए पनि राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो। शास्त्री १३ जनाको दलबल सहित शुक्रबार हवाइमार्गबाट १३ जना स्थलमार्गबाट नेपाल आएका हुन्।
२५ जनाको दलबलसत आएका बाबालाई सरकारले उच्चस्तरको सुरक्षा र सम्मान दिएको छ। एयरपोर्टको भीभीआइपी कक्ष प्रयोग गरेका शास्त्रीलाई एक मोटरसाइकल र एउटा गाडीको स्कर्टिङसहित होटल भिभान्ता पुर्याइएको थियो। त्यहाँ केहीबेर बिताएर उनी पशुपतिनाथ मन्दिर पुगेका थिए ।