गठबन्धनको सरकारमा सहभागी हुने लोसपाको निर्णय

हिमाल प्रेस २७ मंसिर २०७९ १५:४२ | Tuesday, December 13, 2022
गठबन्धनको सरकारमा सहभागी हुने लोसपाको निर्णय

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। लोसपाको पदाधिकारी बैठकले गठबन्धनकै नेतृत्वमा सरकार बने सहभागी हुने निर्णय गरेको हो। नेता केशव झाका अनुसार सोमबार बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

लोसपा मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्ता गठबन्धन दलसँग केही ठाउँमा तालमेल गरेर चुनावमा होमिएको थियो। लोसपाले चुनावको समीक्षा गर्नका लागि कार्यकारिणी समितिको बैठक पनि बोलाउने भएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १५:४२ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast