बाराको जितपुरमा टिभिएस शोरुम सञ्चालनमा

हिमाल प्रेस १ भदौ २०८० १६:१४ | Friday, August 18, 2023
बाराको जितपुरमा टिभिएस शोरुम सञ्चालनमा

बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूम सञ्चालनमा ल्याइएको छ। जितपुरकोस्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडी टोलमा शोरूमको उद्घाटन गरेको हो।

जितपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम गर्दै शोरूम उद्घाटन गरेको हो। जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले शोरूम उद्घाटन गरेका हुन्।

२ करोड २५ लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जितपुरका सञ्चालक किरन पुरीका अनुसार जितपुरको टिभिएस शोरूममा टिभिएसका नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङलगायत सुविधा उपलब्ध हुने छन्।

प्रकाशित: १ भदौ २०८० १६:१४ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast