अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोकाकोलाले गर्‍यो ‘युथ डाइलग इभेन्ट’

हिमाल प्रेस १ भदौ २०८० १४:५१ | Friday, August 18, 2023
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोकाकोलाले गर्‍यो ‘युथ डाइलग इभेन्ट’

काठमाडौँ- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोकाकोलाले ‘युथ डाइलग इभेन्ट’ आयोजना गरेको छ। उक्त इभेन्ट काठमाडौँको डन बस्को कलेजमा गरिएको थियो।

कोकाकोला नेपालले सहयोग गरेको उक्त कार्यक्रममा तीन प्यानेलिस्टहरू थिए। आयोजकका अनुसार मक्कुसेकी को–फाउन्डर एवं सीईओ अनुष्का श्रेष्ठ, सन् २०१९ कि मिस नेपाल सृष्टि वैद्य र कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोकाकोला बेभरेज नेपालकी स्नेहा श्रेष्ठको उपस्थिति थियो।

ग्लोकल प्रालिले कार्यान्वयनमा ल्याएको कोकाकोला युथ डाइलग इभेन्टमा ‘रोल अफयुथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’सम्बन्धी प्रेरणादायी छलफल गरिएको बताइएको छ।

उक्त कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तीकरण र संलग्न गराउने महत्त्वलाई जोड दिएको आयोजकको भनाइ छ। उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए।

प्रकाशित: १ भदौ २०८० १४:५१ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast