पोस्टरमा ‘एक भगवत् गीता’

हिमाल प्रेस १ भदौ २०८० ११:५३ | Friday, August 18, 2023
पोस्टरमा ‘एक भगवत् गीता’

काठमाडौँ- यही भदौ २९ गते प्रदर्शन हुने भनिएको फिल्म ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको तीन पोस्टर सार्वजनिक गरेका छन्।

पोष्टरमा मुख्य कलाकार विपिन कार्कीको भिन्न अभिनयमा देखिएका छन् भने अर्को दुई पोस्टरमा कलाकार सुहाना थापा, धिरज मगर र एक बाल कलाकार छन्।

फिल्ममा अन्य कलाकार कवीर खड्का, जेविश श्रेष्ठ, जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरलगायतको अभिनय छ।
झरना थापाको निर्देशनमा तयार भएको फिल्म प्रेम, मित्रता र आवेगको कथा प्रस्तुत गरेको छ। फिल्म निर्देशक झरना थापा निर्देशित फिल्मका निर्माता सुनिल थापा हुन्।

झरनासहित फिल्ममा सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा छ। फिल्म राजेश श्रेष्ठको छायांकन र मित्र डी गुरुङको सम्पादनमा बनेको छ।

प्रकाशित: १ भदौ २०८० ११:५३ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast