लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरमा नयाँ कार्यसमिति

हिमाल प्रेस ३२ साउन २०८० १८:४१
लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरमा नयाँ कार्यसमिति

काठमाडौँ- नेपाली गीत-संगीत र साहित्य क्षेत्रमा क्रियाशील ‘लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति चयन गरिएको छ। बुधबार काठमाडौँमा सम्पन्न वार्षिक साधारणसभाले बसन्त चौधरीकी छोरी मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा चयन भएका छन्। त्यस्तै महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरूमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ (रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन्। निर्वाचित नयाँ कार्यसमितिले बिहीबार नै पदभार ग्रहण गरेको छ।

चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन्।

प्रकाशित: ३२ साउन २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast