पहिरोको जोखिममा रहेका नागरिकको नेपाली सेनाले गर्‍याे उद्धार

हिमाल प्रेस ३२ साउन २०८० १६:१५ | Thursday, August 17, 2023
पहिरोको जोखिममा रहेका नागरिकको नेपाली सेनाले गर्‍याे उद्धार

काठमाडौँ- तनहुँमा पहिरोको जोखिममा रहेका नागरिकको उद्धार नेपाली सेनाले गरेको छ। अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकस्थित सेती नदी किनारमा रहेका ३ परिवारको उद्धार गरिएको हो।

उनीहका घर जमिन भासिएर सेती नदीमा खस्ने जोखिम देखिएकोमा नेपाली सेनाले बुधबार उद्धार गरेको हो। सो ठाउँका स्थानीयलाई नेपाली सेनाले अन्य निकायसँगको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताएको छ।

साथै, जोखिममा रहेका घरहरूबाट स्थानीयको लत्ता कपडा, खाद्यान्‍न तथा भाडालगायत सामाग्री पनि सुरक्षित स्थानमा लगिएको नेपाली सेनाले बताएको छ।

प्रकाशित: ३२ साउन २०८० १६:१५ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast