छायांकनमा ‘दान्भी’

हिमाल प्रेस ३२ साउन २०८० १२:५५ | Thursday, August 17, 2023
छायांकनमा ‘दान्भी’

काठमाडौँ- फिल्म ‘दान्भी’को छायांकन सुरु गरिएको छ। निर्माण टिमले काठमाडौँको नैकापमा सेट बनाएर एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु गरेको हो।

क्लाइमेक्समा रहने एक्सनका दृश्यमा अभिनेत्री पूजा शर्माले अभिनय गरिरहेकी छन्।

फिल्ममा पूजासहित अभिनेता कुन्साङ बोमजोम मुख्य भूमिकामा छन्। फिल्म नेपालसहित दार्जिलिङमा पनि छायांकन गरिने निर्माण टिमले जनाएको छ।

रुपेश तामाङ निर्देशित फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गरिरहेका छन्। हरि लामा घलेको छायांकन रहेको फिल्ममा रविना थापा मगरको कथा छ भने संजोग रानाको पटकथा तथा संवाद छ।

अर्जुन पोखरेलेको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहने फिल्म अनुप गदाल र देव मगरको लगानी गर्नेछन्।

प्रकाशित: ३२ साउन २०८० १२:५५ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast