प्रहरी जवानले बालिकामाथि यौन दुर्व्यवहार गरेपछि…

हिमाल प्रेस ३१ साउन २०८० १३:४२ | Wednesday, August 16, 2023
प्रहरी जवानले बालिकामाथि यौन दुर्व्यवहार गरेपछि…

काठमाडौँ– नेपाल प्रहरीका एक जवानले धनुषामा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले लालगढ प्रहरी चौकीमा कार्यरत जवान रुपेश चौधरीले मंगलबार (हिजो)राति १० बजे स्थानीय १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको बताएको छ।

‘जवानले रातिको समयमा मदिरा सेवन गरेर बाटोमा हिँड्दै रहेछ,’ जिप्रका स्रोतले भन्यो, ‘त्यही बेलमा केही भन्नुछ भनेर बालिकामाथि यौन दुर्व्यवहार गरेछ।’

स्थानीयले भने प्रहरी अधिकृतहरूले जवानलाई संरक्षण गरेको आरोप लगाएका छन्। मिथिला नगरपालिका-९ लालगढका वडाअध्यक्ष सविन थापाले मंगलबार राति नै प्रहरी जवान चौधरीलाई स्वास्थ्य परीक्षण गराउन लैजाने भनेर लगेको र पछि फिर्ता ल्याएर माफी नमागेको भन्दै स्थानीय आन्दोलित भएको बताए।

स्थानीयले आज आधा घण्टा सडकसमेत अवरुद्ध पारेका थिए। ‘मदिरा सेवन गरेको पाएपछि मेडिकल टेस्ट गर्न लैजाने भन्ने भयो लगियो। अनि फिर्ता ल्याइएन,’ उनले भने, ‘मेडिकलबाट ल्याएर माफी माग्न लगाउने त्यसपछि कानुनी कारबाहीको प्रक्रियामा जाने भन्ने थियो। प्रहरीबाटै असहयोग भएपछि स्थानीय आन्दोलित भएका हुन्।’

उक्त घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतम नेतृत्वको टोली पनि घटनास्थल गएको छ।

प्रकाशित: ३१ साउन २०८० १३:४२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast