काठमाडौँ-तराई द्रुतमार्गको डीपीआर संशोधन

हिमाल प्रेस ३१ साउन २०८० १३:२२ | Wednesday, August 16, 2023
काठमाडौँ-तराई द्रुतमार्गको डीपीआर संशोधन

काठमाडौँ- काठमाडौँ-तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ।

लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डीपीआर संशोधनको निर्णय गरेको हो। झण्डै दुई अर्ब दुई करोड रुपैयाँ लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए। उनले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो।’

काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।

विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ।

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाए। द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताए।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ। दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाख रुपैयाँको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख रुपैयाँ आयोजनाको लागत रहने भएको छ।

प्रकाशित: ३१ साउन २०८० १३:२२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast