मृतक गाेर्खा सैनिकका नातेदारलाई ५ कराेड वितरण गर्दै भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

हिमाल प्रेस ३० साउन २०८० १५:३०
4
SHARES
मृतक गाेर्खा सैनिकका नातेदारलाई ५ कराेड वितरण गर्दै भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासमा भारतको स्वतन्त्रता दिवस मनाइएको छ। सन् १९४७ अगस्ट १५ मा भारत ब्रिटिसबाट स्वतन्त्र भएको अवसरमा भारतले अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ। साेही अवसरमा काठमाडाैँस्थित भारतीय दूतावासले पनि स्वतन्त्रता दिवस मनाएको हाे।

भारत स्वतन्त्र भएको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरु गरेकाे ‘आजादीकाअमृतमहोत्सव’ कै एक हिस्साको रूपमा स्वतन्त्रता दिवस मनाइएको दूतावासले जानकारी दिएको छ।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोह सुरु गरे। राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। साेही अवसरमा दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती तथा निकटतम नातेदारलाई ५ करोड ३३ लाख रुपैयाँ उपलब्ध पनि गराएकाे थियो।

प्रकाशित: ३० साउन २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast