अक्षय कुमारले पाए भारतीय नागरिकता

हिमाल प्रेस ३० साउन २०८० १५:२२ | Tuesday, August 15, 2023
अक्षय कुमारले पाए भारतीय नागरिकता

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्। क्यानडाको नागरिकताका कारण पटकपटक ट्रोल हुने गरेका उनले दोस्रोपटक भारतको नागरिकता लिएका हुन्।

१५ अगस्त, भारतको स्वतन्त्रता दिवसका अवसरमा अक्षयले आफ्नो ट्विटरमा प्रशंसकका लागि यो जानकारी सेयर गरेका हुन्। उनले त्यसको प्रमाण स्वरूप भारतीय नागरिकताका कागजातको तस्बिर ट्विटरमा पोस्ट गरेका छन्। ‘मन र नागरिकता दुवै भारतीय हुन्,’ अक्षयले लेखेका छन्।

‘क्यानडा कुमार’ भनेर अक्षयलाई सामाजिक सञ्जालमा ट्रोल गरिन्थ्यो। त्यसैले उनी लामो समयदेखि भारतको नागरिकता पाउने प्रयासमा थिए। सन् २०१९ मा उनले भारतको नागरिकताका लागि आवेदन दिएका थिए। क्यानडाको नागरिक बन्नुअघि अक्षयसँग भारतीय नागरिकता नै थियो। तर एकपछि अर्को गर्दै १४-१५ फिल्म असफल हुँदा निराश उनले क्यानडा जाने र त्यही काम गर्ने सोचले त्यहाँको नागरिकता लिएका थिए। तर पछि बलिउडमै नाम चम्कियो।

 

 

 

प्रकाशित: ३० साउन २०८० १५:२२ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast