वन रक्षकमा खुल्यो आवेदन (सूचनासहित)

हिमाल प्रेस ३० साउन २०८० ७:५१ | Tuesday, August 15, 2023
वन रक्षकमा खुल्यो आवेदन (सूचनासहित)

काठमाडौँ- कर्णाली प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा ५२ जनाका लागि आवेदन खुलाएको छ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयहरुमा रिक्त रहेको वन सेवा, जनरल फरेष्ट्री समूहका तहविहीन वन रक्षक पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको आयोगले बताएको छ।

वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ।

त्यस्तै दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपांगताबाट १-१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।
भदौ १८ गतेसम्म ३०० रूपैयाँ (समावेशी समूहतर्फ पनि भर्ने भए थप १०० रूपैयाँं) तिरर दरखास्त दिन भनिएको छ।

भदौ २५ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिने पनि आयोगले जानकारी दिएको छ।

परीक्षा कर्णाली प्रदेशमै हुने छ।

प्रकाशित: ३० साउन २०८० ७:५१ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast