सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइने

हिमाल प्रेस २९ साउन २०८० २०:१८ | Monday, August 14, 2023
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइने

काठमाडौँ- सुन तस्करी प्रकरणमा सत्तारुढ गठबन्धनले उच्चस्तरीय छानबिन समिति बनाउन नहुने निष्कर्ष निकालेको छ। सोमबार बालुवाटारमा भएको बैठकमा सहभागी नेकपा (एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेले उच्चस्तरीय छानबिन समिति बनाउँदा मुद्दा झन् कमजोर हुने निष्कर्ष निकालिएको बताएका हुन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा छानबिनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गरिरहेको छ। ‘प्रतिपक्षीले उच्चस्तरीय छानबिन समिति माग्नु भनेको यो मुद्दालाई डाइलुट गर्नु हो भन्ने छलफल भयो,’ सोमबार उनले पत्रकारहरूसँग भने।

यस्तै बैठकमा गौर हत्याकाण्ड र ललिता निवास प्रकरणका विषयमा छलफल भएको थियो। ‘गौर हत्याकाण्डको मुद्दामा चारवटा जति प्रतिवेदन रहेछन्, सबैम फरकफरक नतिजा छन्,’ उनले भने, ‘सो घटनामा मारिएका व्यत्तिका परिवारले राहत पाइसकेका छन्, सहिद घोषणा गर्ने मागको विषयमा पनि निर्णय भइसकेको छ। केही राजपत्रमा प्रकाशित भएका छन्, केही हुन बाँकी छ।’

उनले यो विषय कानुनी ढंगले टुंग्याउनुपर्ने विषयमा छलफल भएको बताए। यस्तै ललितानिवास प्रकरणमा अदालतको आदेश उचित हो कि होइन भन्ने विषयमा छलफल भएको थियो। सो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्लाई पनि अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो।

प्रकाशित: २९ साउन २०८० २०:१८ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast