एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति

हिमाल प्रेस २९ साउन २०८० १६:३१
8
SHARES
एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले पार्टीको प्रदेश कमिटीको अधिवेशनको मिति सार्वजनिक गरेको छ। आज सोमबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीको अधिवेशन मिति तय गरेको हो।

लुम्बिनी प्रदेशमा भदौ १६ र १७ गते, मधेश प्रदेशमा असोज ५ र ६ गते, बागमती प्रदेशमा असोज ८ र ९ गते अधिवेशन हुनेछ। त्यस्तै कर्णाली प्रदेशमा असोज १० र ११ गते, कोशी प्रदेशमा असोज १२ र १३ गते, गण्डकी प्रदेशमा असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशन हुने एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्य मनोनीत

प्रकाशित: २९ साउन २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =