ट्रेलरमा ‘ऐंचो पैंचो’

हिमाल प्रेस २९ साउन २०८० १५:३४ | Monday, August 14, 2023
ट्रेलरमा ‘ऐंचो पैंचो’

काठमाडौँ- फिल्म ‘ऐंचो पैंचो’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। दुई मिनेट ३० सेकेन्डको ट्रेलरमा फिल्मको प्रायः कलाकार अटाएका छन्।

सामाजिक विषयवस्तुमा आधारित फिल्म राजनीति विषयवस्तु पनि समेटिएको छ। फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, विशाल पहारी, कोशिस क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ, रमेश बुढाथोकी, रविन्द्र झा, शारदा गिरीलगायत कलाकारको अभिनय छ।

कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म पुरुषोत्त्म प्रधानको छायांकन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ। यही भदौ १४ गतेदेखि प्रदर्शन हुने फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्। फिल्मको ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: २९ साउन २०८० १५:३४ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast