भेरी नदीमा पानीको बहाव बढ्यो

हिमाल प्रेस २९ साउन २०८० १५:१२ | Monday, August 14, 2023
भेरी नदीमा पानीको बहाव बढ्यो भेरी नदी । फाइल तस्बिर : राज बिक

जाजरकोट- भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापन केन्द्रका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो।

अहिले भेरी नदीमा पानीको बहाव ७.६९ मिटर पुगेपछि महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ।

अझै पानीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ। भेरी नदीको तल्लो तटीय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुना लगायतका बस्ती रहेका छन्।

स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ। सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए। रासस

प्रकाशित: २९ साउन २०८० १५:१२ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast