प्रतिनिधिसभा बैठक बस्दै तयारी, एमालेको अवरोध तयारी कायमै

हिमाल प्रेस २९ साउन २०८० ८:५० | Monday, August 14, 2023
प्रतिनिधिसभा बैठक बस्दै तयारी, एमालेको अवरोध तयारी कायमै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।  दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन्।

तर आजको बैठक पनि चल्ने सम्भावना भने न्यून छ। यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।

क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन।

तर गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद् अवरुद्ध गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको संलग्ता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन।

 

प्रकाशित: २९ साउन २०८० ८:५० | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast