भन्सारका कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री

हिमाल प्रेस २८ साउन २०८० १९:३० | Sunday, August 13, 2023
भन्सारका कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री

काठमाडाैँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुनुपर्ने बताएका छन्।

भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री महतले भन्सारका कर्मचारीकाे साेचमा परिवर्तन आउनुपर्ने बताएका हुन्। ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ,’ उनले भने, ‘अधिकार दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ।’

हाम्रा आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री महतकाे भनाइ थियाे। प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको  मन्त्री महतले बताए। इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री महतकाे भनाइ थियाे। ‘लक्ष्यमा पुग्नैपर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन,’ मन्त्री महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ।’

प्रकाशित: २८ साउन २०८० १९:३० | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast