अहिले सरकार फेरबदलको कुरा हुँदैन : प्रमुख सचेतक लेखक

हिमाल प्रेस २८ साउन २०८० १८:३७ | Sunday, August 13, 2023
अहिले सरकार फेरबदलको कुरा हुँदैन : प्रमुख सचेतक लेखक रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन्। शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरूसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ।’ तीनमा सरकार फेरबदलको विषय नपर्ने उनको भनाइ छ। उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरूले बोलिसकेको बताए।

‘आज पनि बोल्ने क्रममा जारी छ। भोलि पनि ११ बजे फेरि बस्छौँ’, भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ,’ उनले भने, ‘कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरूलाई समेटेर निर्णय पारित गर्छौँ।’

कांग्रेस बैठकमा सांसदहरूले सुन तस्करीमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने आवाज उठेको छ। आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ साउन २०८० १८:३७ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast