सुन तस्करी प्रकरण : नाम जुधेर पक्राउ परेका चिनियाँ नागरिक रिहा

हिमाल प्रेस २७ साउन २०८० १६:४८ | Saturday, August 12, 2023
सुन तस्करी प्रकरण : नाम जुधेर पक्राउ परेका चिनियाँ नागरिक रिहा प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ- एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई शनिबार रिहा गरिएको हो।

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। ‘अध्यागमन विभागले नाम जुधेर शंका लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता नदेखिएपछि रिहा भएका छन्।’

शुक्रबार बिहान चीन जान लागेका बेला राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको थियो। रासस

प्रकाशित: २७ साउन २०८० १६:४८ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast