नबिन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

हिमाल प्रेस २६ साउन २०८० १२:१६ | Friday, August 11, 2023
नबिन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ- टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलको ४८ औँ संस्करणमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ छनोटमा परेको छ।

निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फिल्म छनौट भएको जानकारी गराएको हो।

‘यो फिल्म सामुदायिक लगानीको अवधारणामा निर्माण भएको छ।’ विज्ञप्तिमा भनिएको छ। ‘यो फिलम निर्माणमा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरेर रहेका नेपालीहरूले सामूहिक लगानी गरेका छन्।’

आगामी सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने फेस्टिभलमा यसको वर्ल्ड प्रिमियर हुने बताइएको छ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतार चढावलाई देखाउन खोजिएको छ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।

महेश राई र नवीन सुब्बाको लेखन रहेको फिल्मका निर्माता आमोद राई र नवीन सुब्बा हुन्।

जोस हेरमको छायांकन गरेका हुन। फिल्म भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन भएको छ।

नवीनले निर्देशन गरेको शेर्पा भाषाको फिल्म ‘खाङ्ग्री’ निजी तवरबाट विदेशी फिल्म फेस्टिभलमा जाने पहिलो नेपालको फिल्म हो।

प्रकाशित: २६ साउन २०८० १२:१६ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast