किर्ते प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित ५ चिकित्सक सीआईबीको नियन्त्रणमा

हिमाल प्रेस २६ साउन २०८० ६:४० | Friday, August 11, 2023
किर्ते प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित ५ चिकित्सक सीआईबीको नियन्त्रणमा

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी गर्न काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको हो।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित: २६ साउन २०८० ६:४० | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast