ग्लोबल आइएमई बैंकमा अब अडियो पुष्टिबाटै क्यूआर कोड भुक्तानी

हिमाल प्रेस २५ साउन २०८० २०:४५ | Thursday, August 10, 2023
ग्लोबल आइएमई बैंकमा अब अडियो पुष्टिबाटै क्यूआर कोड भुक्तानी

काठमाडौँ- ग्लोबल आइएमई बैंकले अडियो पुष्टि गरेर क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ। बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरिएको हो।

क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याइएको बैंकले जानकारी दिएको छ। ‘यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास छ।’

प्रकाशित: २५ साउन २०८० २०:४५ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast