लैनचौरमा मेलम्चीको पाइप फुटेर सडक जलमग्‍न

हिमाल प्रेस २६ मंसिर २०७९ १७:४६ | Monday, December 12, 2022
लैनचौरमा मेलम्चीको पाइप फुटेर सडक जलमग्‍न मेलम्ची खानेपानी वितरणका क्रममा पाइप फुटेपछि जलमग्न बनेको काठमाडौँको सडक। फाइल तस्बिर।

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले काठमाडौँमा वितरण गरेको खानेपानीको पाइप फुटेको छ। सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालको पाइप फुटेको हो।

उक्त पाइप प्रणालीमा समस्या आएपछि पुरानै पाइपबाट पानी पठाइएको केयूकेएलले जनाएको छ। नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै काठमाडौँका मुख्य क्षेत्रमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवम् सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले बताए।

नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो। जसका कारण सडकपेटीमा हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ। पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

फुटेको पाइप केही दिनमा मर्मत गरेर नयाँ सञ्जालबाट पानी पठाइने उनको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०७९ १७:४६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast