लुम्बिनीमा डेढ अर्ब बढी लगानीमा भारतीय विहारको निर्माण सुरु

हिमाल प्रेस २१ साउन २०८० १७:४२
72
SHARES
लुम्बिनीमा डेढ अर्ब बढी लगानीमा भारतीय विहारको निर्माण सुरु

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्र (विहार)को निर्माण सुरु भएको छ। अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघले भारतीय एक अर्ब रुपैयाँ लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी भारतीय बौद्ध सस्कृती र सम्पदा केन्द्रको निर्माण सुरु गरीएको हो।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा भारतीय विहारको शिलान्यास गरेका थिए।

आइतबार विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षुभिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ। भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)ले अन्तर्राष्ट्रिय स्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरीमालाई थप उचाइमा पुर्‍याउने बताए। उनले नेपाल र भारविचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सिमित नभई भगवान गौतमबुद्धका कारण हजारौं वर्षअघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको बताए।

बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताए। उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीमा पर्यटकहरूको आवागमन बृद्धि भएको बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिती हुनु निकै राम्रो भएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रबर्द्धन हुने बताए।

अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघका महासचिव डा. भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध सस्कृती र सम्पदाको प्रवर्द्धनका लागि आधुनिक केन्द्र बनाउन सुरु भएको दिन निकै महत्वपूर्ण रहेको बताए। उनले बुद्धको लुम्बिनीमा जन्म भएपनि बुद्धले ध्यान गरी ज्ञान प्राप्त गरेको बोद्धगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशिनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको बताए।

शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसंघका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोललगायतले बोल्दै विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने बताए। जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाईन गरीएको विहार १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ।

लुम्बिनी गुरुयोजना भित्रको विहार क्षेत्रमा विहार निर्माण सुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए। उनले जिरो नेट प्रविधि अर्थात बाहिरी विजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने बताए। एसीसी इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामि १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ।

प्रकाशित: २१ साउन २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast