पोखरा- कास्की जिल्ला अदालतले गत आव २०७९/८० मा ४ हजार १ सय १४ वटा मुद्दा फछ्र्यौट गरेको छ।
गत आवमा जिम्मेवारी सरेका आएका २ हजार ४ सय ३७ र नयाँ दर्ता ३ हजार ९ सय २४ गरी कुल ६ हजार ३ सय ६१ वटा मुद्दा भएका थिए। तीमध्ये ४ हजार १ सय १४ मुद्दा पछ्र्यौट भएको अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार अदालतको मुद्दा फछ्र्यौट लक्ष्य अनुरुप नै भएको छ । अघिल्लो आव २०७८÷७९ मा ३ हजार १३ मुद्दा र आव २०७७÷७८ मा २ हजार १ सय ४६ मुद्दा फछ्र्यौट भएका थिए।
चालु आवको लागि जिम्मेवारी सरेर आएका १ हजार ९ सय ७४ र नयाँ २ हजार २ सय ४७ गरी कुल ४ हजार २ सय २१ मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ।
प्रकाशित: २० साउन २०८० १३:२४
प्रतिक्रिया